१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैते धान रोपियो

फाइल तस्बिर

जिल्लाका विभिन्न भागका एक हजार १०० हेक्टरमा चैते धान रोपिएको छ।

जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सङ्गीता ज्ञावलीका अनुसार जिल्लामा एक हजार ५०० हेक्टरमा हरेक वर्ष चैते धान रोपिने गरेको छ। बाँकी ४०० हेक्टरमा पनि यसै महिना रोपाइँ पूरा हुने देखिएको उनले बताइन्।

'खेतमा धमाधम रोपाइँ भइरहेकाले यसै महिना पूरा हुने ठानेकी छु,' उनले भनिन्।

जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै चैते धान उदयपुरगढी र रौतामाई गाउँपालिकामा भएको छ। ताप्ली गाउँपालिका, कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकामा चैते धान रोपिने गरेको छ। रासस

प्रकाशित: १८ चैत्र २०८२ १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App