४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

कपिलवस्तुमा ६ वर्षमा करिब दुई हजार सम्बन्ध बिच्छेदका मुद्दा

कपिलवस्तुमा सबन्ध बिच्छेदका मुद्दा बढ्दै गएको छ । नयाँ मुलु्ली संहीताअनुसार पुरुषले पनि सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराउन पाउने भएकाले संख्या बढदै गएको हो ।

अदालतको तथ्यांक अनुसार ६ वर्षयता कुल १ हजार ९७९ मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८१-०८२ मा सम्बन्ध बिच्देदका ४९३ मुद्दा दर्ता भएका छन् । जसमध्ये ३८७ नयाँ दर्ता र १०६ वटा जिम्मेवारी सरेर आएको थियो । यो अवधिमा अदालतले ३८२ वटा मुद्दाको भने छिनोफानो गरेको छ ।  

आर्थिक वर्ष २०८०-०८१ मा अघिल्लो आर्थिक वर्ष जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी कुल ४५० मुद्दा दर्ता भएका थिए । गतवर्ष नयाँ दर्ता २८६ र अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आएका १६४ मुद्दा थिए । त्यसमध्ये ३४४ मुद्दा फैसला भएको र १०६ मुद्दा जिम्मेवारी सारिएको थियो ।

आर्थिक वर्ष २०७९-०८० मा कुल ३४५, आर्थिक वर्ष २०७८-०७९ मा कुल ५१२, आव २०७७-०७८ मा २६८ र २०७६-०७७ मा १७१ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए ।  

घरको व्यवहार र खटपट सहन नसकेपछि नालिस गर्न आउनेको संख्या दैनिक बढदै गएको अदालतका अधिकारीहरु नै बताउँछन् । अदालतमा आएका मुद्दा अनुसार सम्बन्ध बिच्छेदका लागि १८ देखि ३० वर्ष उमेरका पुरुष र महिलाहरुले निवेदन दिने गरेका छन् । कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहुँदै टुट्ने गरेको पाइएको छ । 

प्रकाशित: ८ श्रावण २०८२ १६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App