२८ असार २०८३ आइतबार
image/svg+xml
समाज

सिभिल अस्पतालका फार्मेसी इन्चार्जसहित ८ जनाविरुद्ध ३ करोड भ्रष्टाचार दाबीसहित मुद्दा दायर

मीनभवनस्थित निजामती अस्पतालमा (सिभिल) औषधि खरिद तथा मौज्दात व्यवस्थापनमा अनियमितता भएको ठहर गर्दै अख्तियारले फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालको फार्मेसी शाखाका कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँगको मिलेमतोमा अस्पतालमा औषधि आपूर्ति नै नगरी बिलभरपाइ मिलाएर भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार मुद्दा दायर गरेको हो ।

आयोगले जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो कायम गर्दै फार्मेसी युनिट इन्चार्ज/फार्मेसी अधिकृत दीपा ढुङ्गाना,फार्मेसी सहायक लवेन्द्र कुँवर,वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, स्टोर किपर/वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल, स्टोर किपर/वरिष्ठ फार्मेसी सहायक शर्मिला श्रेष्ठ, स्टोर किपर/फार्मेसी सहायक केशव राज न्यौपाने र स्टोर किपर/फार्मेसी सहायक सन्दीप तिवारीविरुद्ध मुद्दा दायर गरेको छ।

उनीहरुले अस्पतालमा औषधिको आपूर्ति नभए पनि बिल बिजक सफ्टवेयरमा इन्ट्री गरी ठूलो रकम भ्रष्टाचार गरेको,अस्पतालको स्टोर शाखा र भर्‍याङमा करोडौँको औषधि म्याद गुज्रेर फालिएको अवस्थामा रहेको र कम्प्युटरमा स्टक देखाएको औषधि यथार्थमा मौज्दात नरहेको अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: २४ असार २०८३ १८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App