१९ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

अझै भेटिएन कर्णालीमा खसेको गाडी

क्याप्सन

दैलेखमा बिहीबार गाडी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ। ज्यान गुमाउनेमा कालीकोटको पचालझरना गाउँपालिका–९ का ३५ वर्षीय जोखे तिरुवा रहेको प्रहरीले जनाएको हो। भीरमा अचेत अवस्थामा फेला परेका उनलाई दैलेखको दुल्लू अस्पतालले मृत घोषणा गरेको हाे।

कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म भेटिएको छैन। सशस्त्र प्रहरी बल, नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको ६ गोताखोरको टोलीले गाडीको खोजीकार्य जारी रहेको जनाएको हो।

पानीको सतह बढेको र वर्षापछि आएको बाढीले पानी धमिलो हुँदा गाडी खोज्न कठिनाइ भएको छ। सुर्खेत बसपार्कबाट बिहान छुट्दा गाडीमा पाँच जना रहेको भनिए पनि संख्या यकिन नभएको प्रहरीले बताएको छ।

प्रहरीले गाडी कर्णाली नदीमा डुबेको ठाउँ प्रहरी चौकी पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालय दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्ने प्रहरीले जनाएको छ।

प्रकाशित: १९ असार २०८३ १०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App