१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

१५५ किलोभन्दा बढी गाँजासहित कार चालक पक्राउ

बारा जितपुर-सिमरा उपमहानगरपालिका-८, इमलीप्रतिबाट १५५ किलो ६३५ ग्राम गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिइएको छ।

यही १६ गते बिहान करिब ९ बजे विशेष सूचनाका आधारमा मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको बा.१३ च ४७३४ नम्बरको कार नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सिमरा, बारामा ल्याएको थियो।

कार जाँच्ने क्रममा रातो प्लास्टिकले बेरी लुकाइछिपाई ल्याएको अवस्थामा १५५ किलो ६३५ ग्राम लागूऔषध गाँजा बरामद भएको हो।

गाँजासहित कार चालक मकवानपुर राक्सिराङ गाउँपालिका-१ बस्ने २८ वर्षीय अम्बिर डिम्डुङ पक्राउ परेका छन्।

नियन्त्रणमा लिइएको कार, बरामद गाँजा र चालकलाई इलाका प्रहरी कार्यालय सिमरा, बारामा राखी घटनाबारे थप अनुसन्धान हुँदै छ।

प्रकाशित: १६ आश्विन २०८३ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App