१७ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सम्पन्न

बिहीबारदेखि शुक्रबारसम्म सञ्चालन भएको पृतनापति समन्वयात्मक बैठक-२०८३ सम्पन्न भएको छ।

सैनिक मुख्यालय जंगी अड्डामा बैठकको समापन समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले यस वर्ष भएका विपद्का घटनामा खोज तथा उद्धार कार्यमा सकलदर्जाले देखाएको व्यावसायिकता र दक्षताका लागि धन्यवाद दिए। उनले आगामी दिनमा पनि प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न निर्देशन दिएका छन्।

बैठकमा भएका कामको समीक्षा, वर्तमान परिस्थितिको विश्लेषण, विपद् प्रतिकार्यलगायत समसामयिक विषयमा छलफल गरिएको थियो। 

प्रकाशित: १६ आश्विन २०८३ १५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App