५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

विराटनगरमा फुटपाथ खाली गर्ने अभियान सुरु

विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा फुटपाथ खाली अभियान सुरु गरेको छ। शुक्रबार बिहानैदेखि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीको अगुवाइमा फुटपाथ खाली अभियान सुरु गरिएको हो।

पहिलो दिन विराटनगरको मुख्य बजार क्षेत्रलाई लक्षित गरी फुटपाथ खाली गरिएको महानगरपालिकाले जनाएको छ। विराटनगरको मुख्यबजार क्षेत्रमा व्यवसायीहरूले फुटपाथ ओगटेर वर्षौंदेखि व्यापार व्यवसाय संचालन गर्दै आइरहेका थिए। सहर सुन्दर, व्यवस्थित पार्ने र आवागमनलाई सहज बनाउन विराटनगर महानगरपालिकाका नगर रक्षकहरू सहरका विभिन्न स्थानमा छरिएर फुटपाथ खाली गरिरहेका छन्। विराटनगरको पुरानो गुद्री बजार क्षेत्रमा सडक नै ढाकेर तरकारी, फलफूल लगायतको व्यवसायहरू संचालन हुँदै आएको थियो। यस्तै किराना पसल, हार्डवेयर, स्विट हाउसहरूले पनि सडकको पेटी नै ढाकेर पसलका संचालन गर्दै आएका थिए।

महानगरपालिकाले फुटपाथ खाली गर्न थालेपछि सडक पेटी र फुटपाथमा व्यवसाय गर्दै आएका केही व्यवसायीहरूले भने महानगरपालिकाको विरोध गरेका छन्। उनीहरूले ‘गरिबको पेटमा महानगरपालिकाले लात हानेको’ आरोपसमेत लगाएका छन्। फुटपाथ खाली गर्ने क्रममा नगर प्रहरीसँग केही व्यवसायीले आक्रोशसमेत पोखेका थिए।

प्रकाशित: ११ वैशाख २०८३ १२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App