उदयपुरबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ । शुक्रबार बेलका नगरपालिका ९ रामपुर बजारबाट प्रहरीले सोही नगरपालिका ७ कालीखोलाका रेमन मग्रातीलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाको टोलीले मदन भण्डारी लोकमार्ग अन्तर्गत बिराटनगरबाट कटारीतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ००६७ नं. को बस रामपुर बजारमा चेकजाँचको क्रममा सहचालक त्रियुगा नगरपालिका ७ कालीखोलाका २२ वर्षीय मग्रातीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मग्रातीको साथबाट ब्राउनसुगरजस्तो देखिने प्रतिबन्धित लागूऔषध १ सय ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सहचालक मग्रातीले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा सो लागूऔषध बरामद गरिएको प्रहरीको भनाइ छ ।
उनलाई शुक्रबारै उदयपुर जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान सुरु भएको प्रहरी प्रवत्ता डिएसपी केदारमान दोङले बताए ।
प्रकाशित: ४ पुस २०८२ १६:१९ शुक्रबार





