१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

कपिलवस्तुमा बस दुर्घटना : ३६ जना घाइते, दुई गम्भीर

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसमा शनिबार विहान करिब ५ बजे धनगढीबाट काठमाडौं जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको छ।

दुर्घटनामा ३६ जना सामान्य घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचारका लागि नजिकैको अस्पतालमा लगिएको र गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

सन्जिबनी सामुदायिक अस्पताल चन्द्रौटामा सामान्य उपचार पश्चात बुटवल रिफर भएका घाइतेरू:

१-जि.कैलाली कैलारी गा.पा.६ बस्ने बर्ष २७ कि कैलाश कोटी शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस।

२-ऐ.ऐ.बस्ने बर्ष ३० को शिवनारायण कुमाल टाउकोमा चोट  मध्यम।

३-ऐ.ऐ.बस्ने बर्ष ५५ कि राम कुमारी कुमाल शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस।

४-ऐ.ऐ.बस्ने निजको नातिनी बर्ष १ कि सनाया कुमाल हात खुट्टामा चोट अवस्था मध्यम।

५-जि.कन्चनपुर पुनरबास न.पा.८ बस्ने बर्ष ४४ को शन्त बहादुर सुनार छाती र हात खुट्टामा चोट अवस्था सिरियस।

६-जि.अछाम साफे न.पा.३ बस्ने बर्ष ४० को रमेश कुवँर शरिरको भिन्न भागमा चोट अवस्था सिरियस।

७-ऐ.ऐ.बस्ने बर्ष ३१ कि बिष्णा कुमारी रावत शरिर र खुट्टामा चोट अवस्था सामान्य।

८-जि.कन्चनपुर भिमदत्त न.पा.१ बस्ने बर्ष २२ को रोहित ओड शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम।

९-नाम थर वतन नखुलेको बर्ष अ.२०/२२ कि महिला अवस्था बेहोस सिरियस।

१०-जि.कैलाली गोदाबारी न.पा.५ बस्ने बर्ष ३१ को गणेश कार्की शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम।

११-जि.कैलाली बर्दोगोरिया गा.पा.५ बस्ने बर्ष २३ को प्रदिप चौधरी हात खुट्टामा चोट अवस्था मध्यम।

१२-जि.अछाम साफेबगर न.पा.३ बस्ने बर्ष १२ कि सानु रावत टाउकोमा चोट सामान्य।

१३-जि.डोटी क्यासिन गा.पा.१ बस्ने बर्ष २६ को प्रकाश घर्ति मगर टाउकोमा चोट मध्यम।

१४-जि.बैतडी पाटन न.पा.४ बस्ने बर्ष २७ को महेश बिष्ट टाउकोमा चोट अवस्था मध्यम।

१५-जि.अछाम साफेबगर न.पा.८ बस्ने बर्ष ३८ को टपेन्द्र बोहोरा छातिमा चोट अवस्था मध्यम।

१६-जि.कैलाली गोदाबारी न.पा.३ बस्ने बर्ष ३५ को रमेश ब.बोहोरा टाउको र आखाँमा चोट अवस्था मध्यम।

अन्य बाँकी १८ जना सामान्य घाईतेको सन्जिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको,नामावली विवरण आउन बाँकी।

प्रकाशित: १८ आश्विन २०८२ १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App