सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रासायनिक मल खरिद तथा वितरण व्यवस्थापनमा ३२ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि उत्पादन वृद्धि तथा किसानलाई समयमै मल उपलब्ध गराउने उद्देश्यले उक्त बजेट छुट्याइएको जानकारी दिए ।
प्रकाशित: १५ जेष्ठ २०८३ १७:२४ शुक्रबार





