१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

बेलायती केन्टन कूल बने सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने विदेशी

कीर्तिमानधारी बेलायती नागरिक केन्टन कूल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर: दिपेश दर्शनधारी/नागरिक

चर्चित बेलायती पर्वतारोही केन्टन कूलले विश्वको सर्वोच्च शिखर सगरमाथाको २०औँ पटक सफल आरोहण गर्दै विदेशी आरोहीतर्फ नयाँ कीर्तिमान कायम गरेका छन्। सफल आरोहणपछि उनी काठमाडौं आइपुगेका छन्।

दक्षिण–पश्चिम इङल्यान्डको ग्लोस्टरशायर निवासी ५३ वर्षीय कूलले शुक्रबार बिहान सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। उनीसँगै अनुभवी शेर्पा आरोही दोर्जी ग्याल्जेनले पनि २४औँ पटक सगरमाथा आरोहण गर्न सफल भएका छन्। यो उपलब्धिसँगै दोर्जी ग्याल्जेनले नेपाली पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपेका छन्।

कूलले सन् २००४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। त्यसयता उनी हिमाल आरोहण क्षेत्रमा सबैभन्दा सफल विदेशी पर्वतारोहीमध्ये एकका रूपमा परिचित छन्।

यसअघि सन् २०१३ मा उनले माउन्ट नुप्से, सगरमाथा र माउन्ट ल्होत्से एकै सिजनमा आरोहण गर्ने पहिलो बेलायती आरोही बनेर इतिहास रचेका थिए। साथै, सन् २०२१ मा उनले सगरमाथा आरोहण गरेको २९ घण्टाभित्रै ल्होत्से पनि आरोहण गरेर अर्को उल्लेखनीय उपलब्धि हासिल गरेका थिए।

प्रकाशित: १० जेष्ठ २०८३ १६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App