१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

ललितपुरमा इँटा बोकेको ट्रक दुर्घटना : चारको मृत्यु, तीनको पहिचान खुल्यो

ललितपुरको कोन्ज्योसोम गाउँपालिका-१ इँटा बोकेको मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इँटा बोकेको मिनी ट्रक बाउनडाँडामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। बागमती प्रदेश-०१-००४ क ६२२८ नम्बरको मिनी ट्रक शुक्रबार राति साढे ९ बजेतिर दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) एवं सूचना अधिकारी गौतम मिश्रका अनुसार दुर्घटनामा परेर घटनास्थलमै चालक ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार ४२ वर्षीय गणेश थापाको मृत्यु भएको थियो।

उपचारका लागि पाटन अस्पताल पुर्‍याउने क्रममा थप दुई जनाको मृत्यु भएको हो। अर्का मृतक ५५ वर्षीय गोपी कार्की रहेका छन्, उनको उपचारका क्रममा राति १२ बजेतिर मृत्यु भयो। मृतक अर्को एकजना अन्दाजी ४० वर्षीय पुरुषको भने पहिचान भएको छैन।

प्रारम्भिक अनुसन्धानमा उकालो ठाउँ र इँटाको भार धेरै भएका कारण ब्याक भएर दुर्घटनामा परेको आशंका गरिएको छ। प्रहरीका अनुसार दुर्घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २ फाल्गुन २०८२ ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App