१८ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

भारतविरुद्ध ब्राजिलको दबदबा: पहिलो हाफमा २-० ले अगाडि

कोलकातास्थित साल्ट लेक स्टेडियममा शनिबार साँझबाट जारी फिफा मैत्रीपूर्ण फुटबलको पहिलो हाफमा विश्वविजेता ब्राजिलले घरेलु टोली भारतविरुद्ध २-० गोलको सहज अग्रता बनाएको छ।

भारतीय गोलकिपर तथा कप्तान गुरप्रित सिंह सन्धुको गल्तीको फाइदा उठाउँदै ब्राजिलले पहिलो हाफको अन्त्यतिर दोस्रो गोल थपेको हो।

पहिलो गोलकर्ता एस्टेभाओले उपलब्ध गराएको उत्कृष्ट पासलाई पेनाल्टी बक्सभित्र रहेका पेड्रोले गोलमा परिणत गर्दै ब्राजिलको अग्रता दोब्बर बनाएका हुन्।

पेड्रोले प्रहार गरेको बललाई बचाउने पर्याप्त समय र अवस्था भए पनि गोलकिपर गुरप्रितले बल राम्रोसँग नियन्त्रणमा लिन नसक्दा बलले जाली चुमेको थियो।

यसअघि खेलको २८औं मिनेटमा एस्टेभाओले सानदार गोल गर्दै ब्राजिललाई १-० को सुरुवाती अग्रता दिलाएका थिए।

खेलको सुरुवाती १० मिनेटमा ब्राजिलियन स्टार भिनिसियस जुनियरको प्रहारलाई उत्कृष्ट रूपमा बचाएर वाहवाही कमाएका कप्तान गुरप्रितको प्रदर्शन पहिलो हाफको अन्त्यतिर भने निराशाजनक रह्यो।

दुवै गोलमा उनको बचाउ फितलो देखिएको थियो। पहिलो हाफको समाप्तिसम्म घरेलु टोली भारतले ब्राजिलको पोस्टमा कुनै पनि उल्लेख्य आक्रमण बुन्न सकेन।

२२औं मिनेटमा मनवीर सिंहले पाएको एउटा सुनौलो अवसरबाहेक भारत पूर्ण रूपमा दबाबमा देखिएको छ। दोस्रो हाफको खेल केहीबेरमा सुरु हुनेछ।

प्रकाशित: १७ आश्विन २०८३ २०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App