२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

खोटाङमा खोलाले बगाएकाे युवककाे शव भेटियाे

खोटाङमा हाैंचुर खोलाले बगाएर बेपत्ता भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका - १५, विजयखर्क बसेरीका २१ वर्षीय सुमन बिकको लास भेटिएको छ।

असोज १८ गते  शनिबार रावाबेंसी गाउँपालिका-६, हौंचुर मामाघरबाट घर फर्किने क्रममा उनलाई खोलाले बगाएको थियाे। घरपरिवारबाट खोलाले बगाएको खवर पाउनेबित्तिकै प्रहरी चौकी हरमटारका प्रहरी  टाेली  र स्थानीयले उनकाे खोजी गरेको थियाे।

हौंचुर खोलाले बगाएको बिकको शव असोज १९ गते हौंचुर खोलाको ओढारे भन्ने ठाउँमा फेला परेको प्रहरीले जनाएको छ।

मृतक विकसँगै उनका सहोदर भाइ सुजन बिक र सोही ठाउँका रोशन बिक मामाघर गएका थिए।

प्रकाशित: २० आश्विन २०८२ ११:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App