१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पर्यटकीय याममा पनि दुबई सुनसान

आइतबार अमेरिका-इजरायल र इरान युद्धको १६ औं दिन पुगेको छ। इरानले मध्यपूर्वमा आक्रमण गर्दा त्यहाँको पर्यटनमा भारी असर देखिएको छ।

सामान्यतया पर्यटकहरूले भरिभराउ हुने दुबईका बजार, समुद्र तट र वाटरफ्रन्ट क्षेत्रहरू खालि भएको छ।  

इरानसँगको जारी युद्धका कारण पर्यटन मौसमको उच्चतम समयमा पनि दुबईमा सुनसान भएको छ।

इरानले युएईका धेरै स्थानहरूमा आक्रमण गरेको छ। जसले गर्दा सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा देशको प्रतिष्ठामा धक्का लागेको छ।

दुबईका धेरै लोकप्रिय पर्यटकीय स्थलहरू अल सीफ वाटरफ्रन्ट मार्केट र बुर्ज अल अरब जस्ता विलासी होटलहरू खालि देखिएका छन्। एजेन्सी

प्रकाशित: १ चैत्र २०८२ १९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App