घरबाट पढ्न विद्यालय गएका कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर २ लबनी पोखरीमा एक बालकको शव बुधबार दिउँसो फेला परेको छ।
मंगलबार घरबाट पढ्न नेचुरल लाइफ चिल्ड्रेन एकेडेमीमा गएका स्थानीय अशोक कलवारको ९ वर्षीय छोरा दुर्गेशको शव पोखरीमा फेला परेको हो। बालकको शवलाई स्थानीयले बाहिर निकालेर प्रहरीलाई बुझाएका छन्।
शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाइएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार पोखरीमा पौडी खेल्न गएका उनको त्यहीँ डुबेर मृत्यु भएको थियो। खोजतलास गर्ने क्रममा उनको शव पोखरीमा तैरिरहेको अवस्थामा भेटिएको हो।
प्रकाशित: २२ आश्विन २०८२ १३:२१ बुधबार





