२९ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

बाढीमा बगेका बालक भारतमा मृत भेटिए

बाणगंगा नदीमा आएको बाढीले बगाएर बेपत्ता भएका १० वर्षीय बालकको शव नेपाल-भारत सीमापारि भारतीय भूभागमा फेला परेको छ।

शनिबार दिउँसो नदीले बगाएका बाणगंगा नगरपालिका-८ का बुद्ध लामाको शव आइतबार भारत, उत्तर प्रदेशको बगुहला नदीमा फेला परेको हो।

प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार सीमाबाट करिब २ किलोमिटर टाढा भारतीय क्षेत्रमा पर्ने बगुलाहा खोलामा आइतबार दिउँसो १२ बजे शव फेला परेको थियो।

फेला परेको शवलाई भारतीय प्रहरीको समन्वयमा शोहरतगढ प्रहरी चौकीमा राखिएको छ। आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल ल्याउने तयारी भइरहेको सिंहले जानकारी दिए।

शनिबार दिउँसो करिब ३ बजे बुद्ध आफ्ना दाजु रिदमसँग बाणगंगा नगरपालिका-४ स्थित नदीमा पौडी खेल्न गएका थिए। सोही क्रममा अचानक आएको बाढीले दुवै जनालाई घेरेको थियो।

बाढी आएपछि दाजु रिदम नदीको बीच भागमा रहेको अग्लो स्थानमा अडिन सफल भएका थिए। उनलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरे पनि भाइ बुद्धलाई भने तीव्र बहावले बगाएर बेपत्ता बनाएको थियो।

प्रकाशित: २८ भाद्र २०८३ १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App