२५ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

अवरुद्ध कटारी घुर्मी सडक खुल्यो

फाइल तस्बिर

अविरल वर्षातले पहिरो खसेर अवरुद्ध सिद्धिचरण मार्गको कटारी घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ।  

गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात सञ्चालनमा रोक लगाइएको थियो। इलाका प्रहरी कार्यालय कटारीका अनुसार  सडक विभाग, प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाइएको थियो। 

सोमबारदेखि सिरहाको मिर्चैया हुँदै कटारी घुर्मी भएर ओखलढुङ्गा खोटाङ यातायात आवतजावत सञ्चालन भएकोे इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईंले जानकारी दिए। उनले रात्रिकालीन समयमा सो मार्गमा सवारी सञ्चालन गर्न रोक लगाएको उनले बताए। रासस

प्रकाशित: २१ आश्विन २०८२ ०९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App