२८ माघ २०८२ बुधबार
image/svg+xml
समाज

अवरुद्ध राजमार्ग सञ्चालनमा

फाइल तस्बिर

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोला बढेपछि अवरुद्ध भएको साँफे-मार्तडी राजमार्गमा यातायात सञ्चालनमा आएको छ। जिल्ला सदरमुकाम जोड्ने राजमार्गमा पर्ने बडीमालिका नगरपालिका-४ रिलाको खोलामा वर्षापछि पहिरो खस्दा यातायात ठप्प भएको थियो।

अहिले राजमार्गमा जेसिभीको सहयोगले पहिरो पन्छ्याएपछि यातायात सुरु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए। रासस 

प्रकाशित: ३१ श्रावण २०८२ १४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App