५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

राष्ट्रिय सम्मानसहित विपिनको अन्त्येष्टि गरिँदै

हमासको कब्जामा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदैछ। शवयात्रा बिहान ८ बजे भाषीस्थित घरबाट महाकाली नदीको भुजेला घाटतर्फ लगिँदैछ।

सोमबार इजरायलबाट काठमाडौं ल्याइएको शवलाई विमानस्थलमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले श्रद्धाञ्जली दिएका थिए। नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी पुर्‍याइएको शव परिवारलाई बुझाइएको थियो।

अन्त्येष्टिमा स्थानीय, आफन्त, जनप्रतिनिधि र संघसंस्थाका प्रतिनिधिहरू उपस्थित छन्। इजरायली राजदूत श्मुलिक आरी बाससहितको टोलीले परिवारलाई समवेदना दिएको छ।

विपिन सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा बन्धक बनेका थिए। मृत्यु पुष्टि गत असोज २७ मा इजरायली अधिकारीले गरेका थिए।

प्रकाशित: ४ कार्तिक २०८२ ०८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App