रसुवाको भोटेकोसी नदीमा आएको बाढी धादिङको गल्छी आसपास पुगेको छ। बाढी अबको केही घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको हो।
बिहान १०:२८ बजे सूचना जारी गर्दै महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन-नारायणगढ सडक तथा त्रिशुली नदी आसपासका बस्ती र बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
बाढीको बहाव तीव्र रहेकाले त्रिशुली नदी किनारका बस्ती, बजार तथा सडक क्षेत्रमा जोखिम बढेको हो। सम्भावित जोखिमबाट जोगिन नदी किनार तथा सडक आसपासका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रकाशित: १० भाद्र २०८३ १०:४१ बुधबार



-600x400.jpg)

