११ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : यी हुन् काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत घाइते (नामसहित)

रसुवा भोटेकोशीमा आएको बाढीबाट प्रभावित भई घाइते भएकाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

नेपाल प्रहरीका अनुसार बिहीबार दिउँसो १३:३० बजेसम्मको विवरणमा बाढीबाट घाइते भएकाहरूको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, टिचिङ अस्पताल, नर्भिक अस्पताल, विरेन्द्र सैनिक अस्पताल छाउनी, मनमोहन अस्पताल र ग्रिनसिटी अस्पताल, बसुन्धरामा उपचार भइरहेको छ।

घाइतेहरूमध्ये केही सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् भने गम्भीर र मध्यम अवस्थाका बिरामीहरूको विभिन्न अस्पतालमा निरन्तर उपचार जारी छ। प्रहरीले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी उनीहरूलाई समयमै अस्पताल पुर्‍याएको बताएको छ।

प्रकाशित: ११ भाद्र २०८३ १६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App