१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

भोटेकोशी बाढी: ९५ जनाको शव फेला, ८५ सुरक्षाकर्मी र ३८४ पर्यटकसहित हजाराैं सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीमा परी साँझसम्म ९५ जनाको शव फेला परेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साँझ ७:०० बजेसम्मको आधिकारिक विवरण सार्वजनिक गर्दै ८५ जना सुरक्षाकर्मी, ३८४ जना पर्यटक र ६० जना जलविद्युत् आयोजनाका कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाएको छ। फेला परेका ९५ वटै शवको पहिचान हुन भने अझै बाँकी रहेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बल नेपालका १३ जना गरी कुल ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। यसका साथै रसुवागढी भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारीहरूसमेत सम्पर्कविहीन रहेको सरकारले जनाएको छ।

बाढीका कारण पदयात्रा तथा भ्रमणमा रहेका २९१ जना विदेशी र ९३ जना स्वदेशी गरी कुल ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन् भने प्रभावित क्षेत्रका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ६० जना कर्मचारीको अवस्था पनि अज्ञात रहेको छ।

बाढीले भौतिक पूर्वाधारमा समेत अपार क्षति पुर्‍याएको छ। प्रधानमन्त्री कार्यालयको तथ्यांकअनुसार बाढीका कारण १९ वटा मोटरेबल पुल र ४० किलोमिटर पक्की सडक पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सडक तथा पुल भत्किएका कारण प्रभावित क्षेत्रमा स्थलगत सम्पर्क विच्छेद भई उद्धार कार्यमा चुनौती थपिएको छ।

सरकारले बाढीको सूचना प्राप्त हुनासाथ तत्कालै तीव्र कदम चालेको जनाएको छ। बिहान ८:४० बजे भोटेकोशीमा बाढी आएको सूचना प्राप्त हुनासाथ ८:४५ बजे प्रधानमन्त्रीबाट सुरक्षा निकायसहित सम्पूर्ण सरोकारवालालाई खोज तथा उद्धारमा खटिन निर्देशन भएको थियो।

त्यसलगत्तै बिहान ९:०० बजेदेखि नै सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरूमार्फत तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र बासिन्दालाई सुरक्षित स्थानमा जान सार्वजनिक अपिल जारी गरिएको थियो।

प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री कार्यालयले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

हाल प्रभावित क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने र खोजी तथा उद्धार कार्यलाई निरन्तर अघि बढाउने काम जारी रहेको सरकारले जनाएको छ।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बुधबार साँझसम्म ९५ जनाको शव फेला परेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साँझ ७:०० बजेसम्मको आधिकारिक विवरण सार्वजनिक गर्दै ८५ जना सुरक्षाकर्मी, ३८४ जना पर्यटक र ६० जना जलविद्युत् आयोजनाका कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९५ जनाको शव फेला परेको भए पनि उनीहरूको पहिचान हुन बाँकी छ।

बाढीमा परी सुरक्षा तथा उद्धारमा खटिएका नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बल नेपालका १३ जना गरी कुल ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। यस्तै, रसुवागढी भन्सार र अध्यागमन कार्यालयका कर्मचारीहरूसमेत सम्पर्कविहीन रहेको सरकारले जनाएको छ।

पदयात्रा तथा भ्रमणमा रहेका २९१ जना विदेशी र ९३ जना स्वदेशी गरी कुल ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन्। यसका साथै बाढी प्रभावित क्षेत्रका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ६० जना कर्मचारीको अवस्था पनि अज्ञात रहेको छ।

बाढीले भौतिक पूर्वाधारमा अपूरणीय क्षति पुर्‍याएको छ। प्रधानमन्त्री कार्यालयको तथ्यांकअनुसार बाढीका कारण १९ वटा मोटरेबल पुल र ४० किलोमिटर पक्की सडक पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। जसका कारण प्रभावित क्षेत्रमा सडक सम्पर्क विच्छेद भई उद्धार कार्यमा समेत चुनौती थपिएको छ।

प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री कार्यालयले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

प्रभावित क्षेत्रमा हाल मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने र खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने काम निरन्तर जारी रहेको सरकारले जनाएको छ।
 

प्रकाशित: १० भाद्र २०८३ २०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App