टेम्केमैयुङ गाउँपालिका-९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य बनेको छ। यो स्थानमा पर्यटक आकर्षित गर्न पदमार्ग लगायत भौतिक संरचना निर्माण गरिएको छ।
यहाँका तीन ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी र सिंहदेवीलाई एकीकृत पर्यटकीय क्षेत्रको अवधारणा अनुसार विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारिएको टेम्केमैयुङ-९ का वडाध्यक्ष नवराज माङपाहाङले बताए।
पर्यटकलाई लक्ष्य गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्रामस्थल, चौतारा, साखेवा पोखरी लगायतका संरचना निर्माण गरिएको छ। पाँचधारे पोखरीको संरक्षण र सिंहदेवी देवस्थलमा सांस्कृतिक भवन बनेको छ। पाँचधारे पोखरीको मौलिक स्वरूप परिवर्तन नगरी मर्मतसम्भार गरिएको छ।
प्रकाशित: ४ भाद्र २०८२ ०७:२९ बुधबार




-600x400.jpg)
