ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाभित्रका नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री–वितरणमा आगामी भदौ ३१ गतेसम्म पूर्ण प्रतिबन्ध लगाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाका अनुसार नेपाल सरकारद्वारा जारी ‘नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) उत्खनन, बिक्री–वितरण तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७’ (पहिलो संशोधन, २०७९) को दफा ४ को उपदफा (१६) बमोजिम उक्त निर्णय गरिएको हो।
पालिकाले जारी गरेको सूचनाअनुसार भदौ मसान्तसम्म पालिका क्षेत्रभित्रका नदी, खोलानाला तथा खोल्सीबाट ढुंगा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन, संकलन वा बिक्री–वितरण गर्न पाइने छैन।
पालिकाले सूचनाको बेवास्ता गर्दै प्रतिबन्ध उल्लंघन गर्ने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ। साथै, सबै सरोकारवालालाई तोकिएको अवधिसम्म प्रतिबन्धको पूर्ण पालना गर्न गाउँपालिकाले आग्रह गरेको छ।
प्रकाशित: ९ श्रावण २०८३ १७:५१ शनिबार


-600x400.jpg)


