२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

फेवा तालमा बालेनको डुङ्गा सरर...

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'ले पोखराको फेवा तालमा डुङ्गा चलाइरहेको एउटा तस्बिरले यो बेला सामाजिक सञ्जालमा चर्चा पाएको छ। तस्बिरले एक दिनमै झण्डै तीन लाख जति रियाक्ट र १३ हजारभन्दा बढी कमेन्ट पाएको छ। १६ घन्टा अगाडि गरेको यो पोष्टमा लाइक र कमेन्ट बढ्ने क्रममै छ।  

सेतो भेष्ट लगाएर डुङ्गा चलाएको दृश्यलाई सामान्य रमाइलो क्षणका रूपमा लिन सकिन्छ। तर, यसैलाई राजनीतिक दृष्टिले हेर्ने हो भने यो एउटा प्रतीक पनि हो। पानीको फराकिलो सतहमाथि एउटा सानो डुङ्गा हाँकिरहेका बालेनलाई धेरैले नेपालको राजनीतिक यात्रामा पुराना शक्तिहरूबिच एक्लै बाटो खोजिरहेको व्यक्तित्वसँग तुलना गरेका छन्।  

उनका तस्बिरमा गरेका कमेन्ट यस्तै देखिए। कसैले डुब्न लागेको देशलाई यसैगरी दिशा दिन सुझाए भने कसैले नयाँ पीढीहरू एकै ठाउँमा बसेर डुङ्गा खियाउनु पर्ने टिप्पणी गरे। ‘देश डुब्न लागेको छ, नयाँ सोच बोकेकाहरूलाई साथ लिएर अगाडि बढ्नुहोस्,‘ प्रमेन्द्र थापा लेख्छन्, ‘आँधी आउनु अगावै किनारमा पुग्नु जरुरी छ।’  

कमेन्टमा व्यक्त गरेको चासो र समर्थनले उनलाई केवल काठमाडौंको सीमित परिधिमै नभई राष्ट्रिय राजनीतिमा समेत केन्द्रमा पुर्‍याइरहेको देखिन्छ। ‘फेवा तालमा रमाइरहेका बालेन साहको दृश्य सामान्य रमाइलो मात्र नभई नयाँ पुस्ताको राजनीतिमा नयाँ खाँचो र नयाँ आशाको प्रतिविम्ब बनेर प्रस्तुत भएको देखिएको छ,’ विमल कटुवाल लेख्छन्, ‘आशाको यो डुङ्गा कहिल्यै नडुबोस्।’

प्रकाशित: २ भाद्र २०८२ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App