३० श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी नीति २०८३ लाई प्रभावकारी कार्यान्वयन गरिने दृढता व्यक्त गरिएको छ।

व्यवस्थित सहरी विकासलाई लक्षित गरी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बागमती प्रदेश सहरी नीति २०८३ स्वीकृत भएपछि कार्यान्वयनमा जोड दिइएको मन्त्रालयका प्रवक्ता मदनकुमार आलेमगरले जानकारी दिए। बागमती प्रदेशअन्तर्गतका सहरको दीगो, उत्थानशील, पर्यावरणमैत्री र सन्तुलित सहरी विकास सुनिश्चित गर्न नीति तय गरिएको उनले बताए।

प्रदेशअन्तर्गत नुवाकोट, धादिङ र रसुवाका तीन स्थानमा व्यवस्थित सहरी बस्ती विकासको योजनासहित पाइलट प्रोजेक्टका रुपमा काम सुरु भएको उनले बताए । 

प्रकाशित: २९ श्रावण २०८३ ११:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App