१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

बागलुङ स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर

बागलुङ बजारमा स्कुल बस दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन्।

बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बोर्डिङ स्कूल’को ग ३ च ८६२१ नम्बरको बस आज दुर्घटना भएको हो। दुर्घटनाका घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जनाकारी दिए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।  

उक्त स्कुल बस मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको सहायक प्रजिअ बरालले बताए। रासस

प्रकाशित: २९ माघ २०८२ १९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App