१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

चिनियाँ भूमिमा होल्ड भएको हेलिकोप्टर फिर्ता

फाइल तस्बिर

केरुङस्थित चिनिया भूमिमा होल्ड भएको हेलिकोप्टर बुधबार बिहान फिर्ता भएको छ ।

रसुवाको बाढी–पहिरोमा परेका नागरिकको उद्धारका लागि मंगलबार साँझ चिनियाँ भूमिमा भुलवश प्रवेश गरेको  हेलिकोप्टर अहिले बिहान फर्केको हो ।

चिनियाँ भूमिमा प्रवेश गरेको सो हेलिकोप्टरलाई चिनियाँ जनमुक्ति सेनाले होल्डमा राखेको थियो ।

स्रोतका अनुसार नेपालस्थित चिनियाँ दूतावास र ल्हासास्थित नेपाली महावाणिज्यदूतावास, नेपाली सेनाले सहजीकरण गरेका थिए । नेपाली सेनाले भने प्राविधिक कारणले चिनिया भूमिमा ल्याण्ड गराएर राखिएको जनाएको थियो । उसले प्राविधिक समस्या समाधान भएपछि फर्कने जनाएको थियो ।

सुरक्षा स्रोतका अनुसार चिनियाँ भूमिमा अनुमतिविना जाँदा रोकिएको थियो । हेलिकोप्टर फिर्ता भएपछि प्रभावित क्षेत्रमा अवरुद्ध सडक मर्मत तथा उद्धारको काम नेपाली सेनाले बुधबार बिहानैबाट सुरु गरिसकेको छ ।

प्रकाशित: २५ असार २०८२ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App