२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

पालुङटारमा अटो दुर्घटना, चार जना घाइते

पालुङटार नगरपालिका ४ छापथोकस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्। आइतबार बिहान करिब ९ः२० बजे बडडाँडाबाट ठाँटीपोखरीतर्फ आउँदै गरेको ग १ ह ०२१० नम्बरको अटो सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो। 

दुर्घटनामा पालुङटार ४ की ४८ वर्षीया पर्मिला जिसी, ४५ वर्षीया गीता श्रेष्ठ, २० वर्षीया प्रगती श्रेष्ठ र पालुङटार ५ की ३१ वर्षीया मेनुका गिरी घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठका अनुसार घाइतेहरूको टाउको, हात, खुट्टा, कम्मरलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २८ भाद्र २०८३ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App