१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

साकेलामा अपाङ्गता भएका बालबालिकालाई घरमै ह्वीलचियर

खोटाङको साकेला गाउँपालिकाले अपाङ्गता भएका बालबालिका तथा नागरिकहरूलाई सहायक सामग्री वितरण गरेको छ।

हिँडडुल गर्न समस्या भएका बालबालिकाको दैनिकी सहज बनाउने उद्देश्यले गाउँपालिकाले घरमै पुगेर सहायक सामग्री हस्तान्तरण गरेको हो।

सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रविप्रकाश राईले वडा नम्बर-४ का ९ वर्षीय बालक युवराज कटवाल र वडा नम्बर-५ का १० वर्षीय इजन खत्रीलाई आधुनिक ह्वीलचियर हस्तान्तरण गरे।

सामग्री हस्तान्तरण गर्दै अध्यक्ष राईले अपाङ्गता हुनु कसैको कमजोरी नभएको बताउँदै उनीहरूलाई साथ र सहयोग गर्न राज्य सधैं तयार हुनुपर्ने धारणा राखे।

उनले अपाङ्गता भएका नागरिकहरूको स्वास्थ्य, शिक्षा, जीविकोपार्जन र आवश्यक सहायक सामग्रीमा गाउँपालिकाले निरन्तर सहयोग गर्ने र उनीहरूलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।

यस्तै, कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बिर्सिका राईले अपाङ्गता भएका नागरिकहरूलाई समाजको मूलधारमा ल्याउन साकेला सरकार सधैं तयार रहेको बताइन्। उनले यस कार्यमा सबैको साझा सहमति र भूमिका आवश्यक रहेको औंल्याइन्।

प्रकाशित: ८ पुस २०८२ २०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App