ड्युटी जाने क्रममा कार्यालय परिवेशबाट बाहिर निस्कँदै गर्दा अचानक बेहोस भइ ढलेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई)इन्द्र भुजेलको मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमका अनुसार उनी ड्युटीका लागि कार्यालय हाताबाट बाहिर निस्कने क्रममा थिए। अचानक बेहोस भइ लडेका उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएपछि उनको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ। ४५ वर्षीय भुजेलको घर झापा धुलावारी हो।
प्रकाशित: १३ भाद्र २०८२ ११:२४ शुक्रबार





