बिहानदेखि सुरु भएको जेन–जी युवाहरूले नेपालगन्ज उपमहानगरपालिकामा आगजनी गरेका छन् ।बिहानैदेखि उनीहरूले उपमहानगरपालिका अगाडि प्रदर्शन गरेका थिए ।
अहिले सयौँ जेन–जी प्रदर्शनका लागि सडकमा निस्किएका छन् । युवाहरूले नेपालगन्जमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा समेत आगजनी गरेका छन् । बाँकेमा नेपाल प्रहरीले संयमता अपनाउँदा अप्रिय घटना हुनबाट रोकिएको छ ।
साथै कोहलपुर नगरपालिकाका सवारी साधनमा पनि आगलागी भएको छ । युवाहरू नगरभित्र प्रवेश गरी सवारी साधनमाथि आगलागी गरेका हुन् ।
प्रकाशित: २४ भाद्र २०८२ १५:३६ मंगलबार




