प्रहरीले झण्डै २७ वर्षदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ।
२०५६ साल असार ११ गतेदेखि फरार सूचीमा रहेका कैलालीको गोदावरी नगरपालिका ११ ओलानीका ५९ वर्षका काले कामीलाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई कैलाली जिल्ला अदालतले ७ वर्ष १ महिना १४ दिन कैद फैसला गरेको थियो।
बुधबार पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालतमा पेश गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार इलाका प्रहरी कार्यालय मालाखेती र अस्थायी प्रहरी पोष्ट ओलानीबाट खटिएको प्रहरी टोलीले कामीलाई पक्राउ गरेको हो।
प्रकाशित: १६ वैशाख २०८३ १९:२४ बुधबार





