जेनजी समूहको प्रदर्शन उग्र बनेपछि भरतपुरमा नेपाली सेना परिचालन भएको छ । चितवन प्रशासनले कर्फ्यु आदेश जारी गरेलगत्तै सेनाको टुकडी सडकमा निस्किएको हो ।
उनीहरुले अहिले भरतपुरका प्रभावित क्षेत्रमा सुरक्षा गस्ती गरिरहेका छन् । कर्फ्युको बाबजुद भरतपुरमा जेनजी समूहले आफ्नो प्रदर्शन जारी राखेका छन् ।
प्रकाशित: २४ भाद्र २०८२ १३:२६ मंगलबार





