१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

कप्तानगन्जमा कर्फ्यु उल्लङ्घन भएपछि सेना परिचालन

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि अवस्था नियन्त्रणबाहिर जान नदिन सेना परिचालन गरिएको छ।

आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडपपछि जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरे पनि उग्र ढङ्गले प्रदर्शन जारी राखेपछि स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

स्थिति सहज बनाउने उपायबारे छलफल गर्न अहिले जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक पनि भइरहेको छ।

प्रकाशित: ११ श्रावण २०८३ १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App