२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

सेनाद्वारा ८ सकेट बम डिस्पोज, ९७ नाल हतियार बरामद

नेपाली सेनाले काभ्रेपलान्चोक, ललितपुर, बाँके, धादिङ र डोटीमा विभिन्न सुरक्षा कारबाही गरेको छ। सेनाले काभ्रेपलान्चोकको बनेपा-९ स्थित नयाँ बस्तीमा फेला परेको ८ वटा सकेट बम सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।

त्यस्तै, फरार भएका कैदी र बालबन्दी नियन्त्रणमा लिइएको छ। सुन्धरास्थित केन्द्रीय कारागारबाट ४ जना, डोटीको दिपायल सिलगढी बाल सुधार गृहबाट ३ जना, धादिङको गजुरी कारागारबाट ३९ जना र बाँकेको डडुवा बालसुधार गृहबाट १६ जना बालबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ। बाँके जिल्ला कारागारमा होहल्ला र आगजनी गरी भाग्न खोजेका कैदीबन्दीमध्ये १ जना घाइते भएका छन्।

ललितपुरको भैसेपाटीमा स्थानीय प्रहरी चौकी स्थानियहरूले सरसफाई गरी कार्यरत प्रहरीलाई स्वागत गरेका छन्।

यसैगरी, विभिन्न स्थानबाट ९७ नाल हतियारहरू बरामद गरिएको छ। सुरक्षा निकायले जनतालाई शान्ति र सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित: २६ भाद्र २०८२ १९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App