३१ असार २०८३ बुधबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल शुक्रबारदेखि अवकाशमा

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल शुक्रबारदेखि अनिवार्य अवकाशमा जाँदैछन् । 

आईजीको चार वर्षे सेवा अवधि पूरा गरेर अर्याल अवकाशमा जान लागेका हुन् । उनको बिदाईमा शुक्रबार दिउँसो ३ बजे सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा कार्यक्रम राखिएको छ ।  

अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका थिए । 

उनकाे कार्यकाल सकिने भएपछि मन्त्रिपरिषद्ले १९ गतेदेखि लागु हुनेगरी नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्त गरिसकेको छ । 

प्रकाशित: १८ वैशाख २०८३ १४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App