संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले गोसाइँकुण्ड दर्शन तथा पदयात्राबाट फर्कने तीर्थयात्री एवं पर्यटकहरूका लागि नयाँ वैकल्पिक मार्ग प्रयोग गर्न ट्राभल एड्भाइजरी जारी गरेको छ।
बाढीपहिरोका कारण धुन्चेतर्फको नियमित सडकखण्ड जोखिमपूर्ण बनेकाले अर्को सूचना जारी नभएसम्म पुरानो मार्ग प्रयोग नगर्न र तोकिएको नयाँ सुरक्षित मार्गबाट मात्र काठमाडौं फर्कन मन्त्रालयले अनुरोध गरेको हो।

मन्त्रालयले गोसाइँकुण्ड क्षेत्रमा रहेका सम्पूर्ण नागरिकलाई सुरक्षित रहन र यात्रा गर्दा स्थानीय प्रशासन एवं सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ।
आपत्कालीन अवस्थामा उद्धार तथा सहयोगका लागि तत्काल १०० (नेपाल प्रहरी), १११४ (सशस्त्र प्रहरी बल) र १०२ (एम्बुलेन्स) मा सम्पर्क गर्न सूचित गरिएको छ।
प्रकाशित: ११ भाद्र २०८३ १५:०८ बिहीबार




-600x400.jpg)
