११ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

बाढीमा मृत्यु भएकाको शव सुरक्षित राख्न कोल्ड स्टोर आवश्यक रहेको मन्त्री पुनको आग्रह

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले रसुवामा आएको बाढीबाट मृत्यु भएकाहरूको शव सुरक्षित राख्न त्रिशूली र नारायणी नदी आसपासका जिल्लामा रहेका कोल्ड स्टोर उपलब्ध गराउन आग्रह गरेका छन्। 

मन्त्री पुनले बाढीबाट ठूलो मानवीय क्षति भएकाले विभिन्न स्थानमा संकलन गरिएका शवको सनाखत नहुँदासम्म सुरक्षित राख्न कोल्ड स्टोर आवश्यक रहेको बताएका हुन्। 

उनले त्रिशूली र नारायणी नदी वरपरका जिल्लामा रहेका प्रयोगमा नआएका वा आंशिक रूपमा प्रयोग भएका कोल्ड स्टोर सञ्चालकलाई तत्काल सहयोग गर्न आग्रह गरेका छन्। 

प्रकाशित: ११ भाद्र २०८३ ११:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App