रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या २७० पुगेको छ।
प्रहरीले बिहीबार दिउँसो १:३० बजेसम्म प्राप्त पछिल्लो अद्यावधिक विवरणअनुसार बाढी प्रभावित विभिन्न नदी तटीय क्षेत्रबाट हालसम्म २७० जनाको शव फेला परेको हो।
फेला परेका शवहरूको पहिचान खुलाउने र पोष्टमार्टमका लागि अस्पताल पठाउने कार्य भइरहेको छ। बाढीले बगाएर रसुवा, नुवाकोट, धादिङ र चितवनसम्मका विभिन्न नदी किनारमा पुर्याएका शवहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले संकलन गरिरहेको छ।
बाढीमा परेर अझै सुरक्षाकर्मी, जलविद्युत् आयोजनाका कर्मचारी, स्थानीय बासिन्दा तथा पर्यटकहरू सम्पर्कविहीन रहेकाले हेलिकोप्टर र स्थलगत टोलीमार्फत खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ जारी राखिएको छ।
प्रकाशित: ११ भाद्र २०८३ १४:५५ बिहीबार


-600x400.jpg)


