२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

कपिलवस्तुमा निर्वाचनको सबै तयारी पूरा

बिहीबार हुने  प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि कपिलवस्तुमा सबै तयारी पूरा भएको छ । प्रमुख जिल्ल अधिकारी जनार्दन गौतमले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिए ।  

निर्वाचनका लागि खटिएका सुरक्षाकर्मी र कर्मचारीहरु सम्बन्धित मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगिसकेको उनले बताए । मतदान अधिकृतले दल र उम्मेदवारका प्रतिनिधिसँग निर्वाचन आचारसंहिता लगायतका विषयमा छलफल गरी मतदानका लागि तयारी अवस्थामा बसेका छन् ।  

निर्वाचनलाई लक्षित गरी निर्वाचन विशेष सुरक्षा रणनीति तयार गरी अघि बढको प्रजिअ गौतमले बताए । ‘सुरक्षाकर्मीलाई निर्वाचनकालागि सम्बधित स्थानमा परिचालन गरी सकेका छौ,’ उनले भने । म्यादी, नेपाल सशसत्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु खटनपटन भईसकेको उनले बताए।  

जिल्लामा ५ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । यस्तै २९ सय बढी कर्मचारीहरु खटिएका छन्। ‘भरपर्दौ शान्ति सुरक्षा व्यवस्था गरेका छौ, ढुक्कसँग मतदान गर्नुहोला, ’ प्रजिअ गौतमले भने।  

जिल्लामा २ सय ३६ मतदान स्थालमा ४ सय ९१ मतदान केन्द्र कायम गरिएको छ। जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा तारजाली र सिसि टिभिसहितको मतगणनास्थलसमेत निर्माण गरी सकिएको छ। यहाँ कुल ३ लाख ९६ हजार २६५ मतदाता छन् भने दल र स्वतन्त्र गरी ९८ जना उम्मेदवार चुनावी मैदानमा छन्। 

प्रकाशित: २० फाल्गुन २०८२ १६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App