२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

सरकारी वकिल कार्यालयका सबै प्रमाण नष्ट !

जेन-जी आन्दोलनमा क्रममा जिल्ला सरकारी वकिल कार्यालयमा भएका हजारौ फाइल नष्ट भएपछि सेवाग्राही मर्कामा परेका छन् । कतिपय सरकारी वकिलमार्फत नै सफाइ पाइसकेको भएपनि प्रहरी कार्यालयबाट सफाइ लिनुपर्नेमा प्रमाण अभाव हुँदा मर्कामा परेका हुन् ।

आगजनी भएसँगै सरकारी वकिल कार्यालयबाट हुने कामहरु सबै ठप्प भएका छन् । जिल्ला सरकारी वकिल कार्यालयमा हुने बकपत्र, पेशी र आदेशका सबै काम रोकिएको छ ।  

May be an image of 3 people

आगजनीले ध्वस्त बनाएको भुइँतलामा केही थान कुर्सी र टेवल मात्रै राखेर केही दिनदेखि पुनरावेदनको मात्रै काम थालिएको छ । सरकारी वकिल कार्यालयले मुद्दालाई दुई भागमा राखेर काम गर्दै आएको थियो, बैकिङ कसुर एक नम्बर थियो र यसलाई भवनको दोस्रो तल्लामा राखेर काम गरिदै आएको सरकारी वकिल कार्यालयका प्रमुखले बताए । दोस्रो तल्लामा रहेका बैंकिङ कसुर मुद्दाका फाइलहरु ९५ प्रतिशत सुरक्षित भएपनि अन्य मुद्दाका फाइल भने आन्दोलनकारीले च्यातेर फालेर नष्ट पारेका थिए ।  

कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार मुख्य रुपमा रहेका फौजदारी कसुरका फाइल भवनको पहिलो तल्लामा रहदाँ ती फाइलहरु जलेर पुरै नष्ट भएको बताए । फौजदारी कसुर हेर्न सेवाग्राहीको सुविधाको लागी पहिलो तल्लामा राखिएको थियो ।  

May be an image of 3 people

पहिलो तल्लामा तीनवटा फाँट रहेको उनको भनाइ छ । पहिलो मुद्दा शाखा, जहाँ चालु मुद्दाहरु हुने र कार्य सम्पादन हुने गरेको उनले बताए । त्यसैगरी पहिलो तल्लामा अर्को अभियोग शाखा छ । त्यहाँ प्रहरी कार्यालयबाट अनुसन्धान सम्पन्न भएर आएका फाइलहरु मुद्दा शाखामा नजादाँसम्म त्यही रहने गरेका थिए ।

‘विशेषका मुद्दाहरु अभियोग शाखामा आउने र त्यहाबाट सरकारी वकिल कार्यालयमा जाने र सरकारी वकिलले अभियोजन गर्नुपर्ने वा नपर्ने भनि निर्णय गर्ने र निर्णय अनुसार मुद्दा नचल्ने हुदाँ माथि जाने तथा अभियोजन चल्दा अदालत पठाउनुका साथै अदालतबाट उठेका कागजात राखेर मुद्दा शाखामा बुझाउने गरिएको थियो’,  सहमहान्याधिवक्ता काफ्लेले बताए ।  

May be an image of 3 people and text that says 'S नागरिक'

त्यसैगरि मुद्दामा फैसला भइसकेपछिको प्रक्रिया पुरा गर्ने पुनरावेदन शाखाका फाइल पनि पूरै नष्ट भएका छन् । ‘ती शाखाहरुमा आन्दोलनकारीले आक्रमण गर्दा शतप्रतिशत नष्ट भएका छन्’, उनले भने ।  

कार्यालयमा भएका सबै अभिलेख, फर्निचरसहितका सबै कुरा नष्ट भएको उनले बताए । बैकिङ कसुरमा मुद्दाहरु सामान्य भएका तर फौजदारीमा मुद्दाहरु प्रमुख भएको र तिनै फाइल नष्ट गर्दा काम गर्न असहज भएको उनको भनाइ छ ।  

May be an image of 1 person, hospital, temple and text

उनका अनुसार तीन हजारभन्दा बढी मुद्दाहरु मुद्दा शाखामा थिए । अभिलेख शाखामा सक्कल र विशेषका मुद्दाहरु सामान्य मात्रामा रहेको र पुनरावेदन शाखामा ६००भन्दा बढी मुद्दा थिए ।

‘वर्षौदेखि काम गर्दै आएका अभिलेख नष्ट हुदाँ समस्या भयो । कुनै व्यक्तिलाई उजुरी दर्ता हुदाँ प्रहरीको रेकर्डमा अपराध लागेको भनेर आउने प्रणाली छ,’ उनले भने, ‘मुद्दाको अन्त्य भएपछि व्यक्तिले सफाई पाएको जवाफ वार्षीक रुपमा लिएर गएपछि मात्रै उसको अपराधको दाग हट्ने प्रणाली भएको तर पछिल्लो घटनाक्रमपछि कुनैपनि व्यक्तिले मुद्दामा सफाइ पाएको भएपनि रेकर्ड दिन नसक्ने अवस्था सिर्जना भयो ।  पुलिस रिर्पोटमा मुद्दाको रिर्पोटसमेत यथावत छ । यसबाट अदालत वा प्रहरीले न्याय सम्पादन गर्न कठिन हुन्छ।’

May be an image of ‎2 people and ‎text that says '‎ΗeH नागरिक 20 م Ama‎'‎‎

अदालत, प्रहरी कार्यालय र सरकारी वकिल कार्यालय सबैमा अत्याधिक क्षति हुदाँ झनै ठुलो समस्या भएको उनको भनाइ छ । ‘अदालतको काम सबै ठप्प हुदाँ सरकारी वकिल कार्यालयमा हुने सबै काम रोकिएको छ । पुनरावेदनको कामलाई निरन्तरता दिएपनि मुद्दाको काम हुन सकेका छैनन’, सरकारी वकिल कार्यालयका प्रमुख काफ्लेले भने ।  

सरकारी वकिल कार्यालयबाट भदौ २४ मा भएको तोडफोड र आगजनी पछि ६० थान कम्युटर, ४० थान प्रिन्टर चोरी भएको कार्यालयले जनाएको छ । दुइटा बाइक र एउटा गाडी पूर्ण रुपमा क्षति भएको छ ।

May be an image of 1 person and street

प्रकाशित: ८ आश्विन २०८२ १७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App