भक्तपुरस्थित हनुमन्ते खोलाको जगाती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागले बिहान ७:४० बजे सूचना जारी गर्दै जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको उल्लेख गरेको हो।
विभागले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रकाशित: ९ आश्विन २०८३ ०८:२३ शुक्रबार





