९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री शाहसँग भेटेपछि अस्ट्रेलियाका प्रधानमन्त्रीले भने : नेपालसँगै छौँ

तस्बिर : एन्थोनी अल्बानिजको फेसबुकबाट

प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबिच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको साइडलाइनमा न्युयोर्कमा भएको भेटमा अल्बानिजले बाढीबाट प्रभावित नेपालप्रति सहानुभूति व्यक्त गर्दै राहत र पुनर्निर्माणमा अस्ट्रेलिया नेपालसँगै रहेको बताएका छन्।

भेटमा उनले बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै नेपालमा अस्ट्रेलियाले गरिरहेको सहयोगबारे जानकारी गराएका थिए। अल्बानिजले बाढीपछि अझै सम्पर्कविहीन रहेका अस्ट्रेलियाली नागरिकका परिवार र आफन्तप्रति पनि सहानुभूति व्यक्त गरेको जानकारी गराए।

‘आवश्यकता रहेको ठाउँमा सहयोग पुर्‍याउन हामी नेपालसँग मिलेर काम गरिरहनेछौँ,’ उनले सामाजिक सञ्जालमा शाहसँगको तस्बिर राख्दै भनेका छन्।

प्रकाशित: ९ आश्विन २०८३ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App