४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

अरुण नदी आसपासमा सतर्क रहन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सर्तक रहन अनुरोध गरेको हो।

पछिल्लो तीन घण्टामा मकालु गाउँपालिकास्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षामापन भएका कारण अरुण नदीलगायत खोलानाला आसपासका तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दिब्यराज पोदरेलले जानकारी दिए।

माथिल्लो क्षेत्रमा अत्यधिक वर्षा भएको र थप वर्षाको सम्भावना भएका कारण तटीय क्षेत्र आसपासकाका बस्तीलाई सतर्कता अपनाउन आग्रह गरिएको प्रजिअ पोखरेलले बताए।

भारी वर्षाका भएका कारण अरुण नदीलगायत खोलानाला र जिल्लाभित्र बाढीपहिरोको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सो क्षेत्र भई बग्ने ससाना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने रहेकाले  सो क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो । 

त्यसैगरी मौसम तथा पूर्वानुमान महाशाखाले पनि यो समयमा अत्यधिक वर्षा भएको र थप वर्षा हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित: ७ श्रावण २०८२ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App