२ पुस २०८२ बुधबार
image/svg+xml
समाज

अनाधिकृत ड्रोन उडाइएको पाइए कारबाही हुने

फाइल तस्बिर

केही दिनयता जिल्लाको सिमावर्ती क्षेत्रमा रातको समयमा अनाधिकृत ड्रोन उडाएको पाइएपछि कपिलवस्तु प्रशासनले तत्काल रोक्न आग्रह गरेको छ ।  जनमानसमा त्रास फैलिएको भन्दै गैर कानुनीरुपमा ड्रोन उडाइएको पाइए काड कारबाही गर्ने उसको चेतावनी दिएको हो ।  

सहायक प्रमुख जिल्ला अधिकारी पदम लामिछानेले सुचना निकाल्दै अनुमति बिना ड्रोन उडाइएकाले जनमानसमा त्रास बढुनासाथै सुरक्षा चुनौती समेत बनेको उल्लेख गरेका छन् ।  

ड्रोन उडानलाई व्यवस्थित एवं नियमन गर्न नेपाल सरकारले सुशासन (व्यवस्थापन र संचालन) ऐनको २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यबिधि २०७५ अनुसार कसैले अनाधिकृत ड्रोन प्रयोग गरिएको पाइए कारबाही गरिने जनाइएको छ ।  

जिल्ला भित्र कसैले अनाधिकृत ड्रोन प्रयो गरेको देखेमा जिल्लाका सुरक्षा इकाईमा खबर गर्न प्रशासनले अपिल समेत गरेको छ ।  

मयौदपुर चाकरचौडा कृष्णनगर लगायतका क्षेत्रमा भारतीय पक्षले सुरक्षा गस्तीको नामममा अत्याधुनिक ड्रोन लडाउने गरिएको सिमाक्षेत्रका बासीन्दाहरु बताउँछन् ।  

प्रकाशित: २९ भाद्र २०८२ २३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App