२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा एक युवकको मृत्यु, दम्पती घाइते

सप्तरीमा भएको सवारी दुर्घटनामा आज एक युवकको मृत्यु भएको छ भने एक दम्पती घाइते भएका छन्।

जिल्लाको शम्भुनाथ नगरपालिका- ८ पोखरियास्थित भित्री सडक खण्डमा टेम्पु रिक्सा र मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका-२ कनकपटी बस्ने अन्दाजी २४ वर्षीय अजयकुमार चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा टेम्पु चालक शम्भुनाथ नगरपालिका- ८ पोखरिया बस्ने ४५ वर्षीय मणिलाल मण्डल र उनकी ४० वर्षीया पत्नी आशादेवी मण्डल घाइते भएको प्रहरीको भनाइ छ। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।  

पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ स १०२५ नम्बरको टेम्पु रिक्सा र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०१-००५ प ५७३३ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको थियो।

प्रकाशित: २६ श्रावण २०८२ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App