जुम्लामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। ४० वर्षीया मनसोभा अधिकारी मृत भेटिएकी हुन्।
हिमा गाउँपालिका-६ जर्जाली माइती घरमा बस्दै आएकी अधिकारीको पातरखोलाको किनारमा मृत फेला परेको वडा अध्यक्ष उपराज अधिकारीले बताए। मृतकको स्थायी घर कालिकोट जिल्लाको तिलागुफा नगरपालिका-४ राचुली गाउँमा हो।
खबर आउने बित्तिकै जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा ६ जनाको टोली घटनास्थल तर्फ प्रस्थान गरेको छ।
प्रकाशित: २६ श्रावण २०८२ १६:४४ सोमबार





-600x400.jpg)