संघीय संसद्को राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो।
राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन्।
साथै, मन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ।
हेर्नुस् सम्भावित दैनिक कार्यसूची

प्रकाशित: १३ जेष्ठ २०८३ ०६:१६ बुधबार





